पाल्पा । पाल्पाको रैनादेवीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २४ वर्षीय शिरबहादु पालुङ्गे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिप्रकाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार रैनादेवी छहरा गाउँपालिका–२ सर्देवास्थित सिजी कम्पनीको लु१क ३१६१ नम्बरको टिपर सडकबाट तल खस्दा पालुंगेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पालुंगेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु