तोकिएको जिम्मेवारी पूरा नगर्ने कम्पनी परे कालोसूचीमा

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, ०७ : २०
तोकिएको जिम्मेवारी पूरा नगर्ने कम्पनी परे कालोसूचीमा

काठमाडौँ । सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । 

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम  निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । 

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन नपाउने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस