काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार घटेर बन्द भएको छ । आज नेप्से ७.२९ अंकले घटेर एक हजार ८ सय ५१ दशमलब २३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आज ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावर लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस् कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेड, युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस बैंकको ६ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्सेमा ८५ अंकको 'स्विङ', कारोबार रकम १६ अर्ब २० करोड
नेप्से सूचक ७५.३३ अंकले बढ्यो, १४ अर्बमाथिको कारोबार
सेयर बजार २४८८ मा रोकियो
२८ महिनायताकै उच्च बिन्दुमा शेयर बजार, साढे १५ अर्ब बढीको कारोबार