काठमाडौँ। नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर डिसेम्बर ३ अर्थात् आजैबाट लागू हुने गरी यो व्यवस्था गरेको हो ।
परिचय पत्रका आधारमा हरेक आन्तरिक उडानमा दुई जनालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।‘आज ३ डिसेम्बर, २०२३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिनदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि निगमको हरेक आन्तरिक उडानमा दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको ब्यहोरा जानकारी गराइन्छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क गर्नुपर्ने निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन