काठमाडौँ। नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर डिसेम्बर ३ अर्थात् आजैबाट लागू हुने गरी यो व्यवस्था गरेको हो ।
परिचय पत्रका आधारमा हरेक आन्तरिक उडानमा दुई जनालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।‘आज ३ डिसेम्बर, २०२३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिनदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि निगमको हरेक आन्तरिक उडानमा दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको ब्यहोरा जानकारी गराइन्छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क गर्नुपर्ने निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै