काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।मुख्यमन्त्री कार्कीले आइतवार शमशेर राईलाई आन्तरिक मामिला तथा कानून, गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
राई नेपाली कांग्रेस, उप्रेती नेकपा माअेवादी केन्द्र र जबेगु नेकपा एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनेका हुन् ।मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग, कृषि तथा सहकारी, खानेपानी, सिँचाइ तथा ऊर्जा, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय भने आफैंसँग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित