काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं २०८० फागुन २२ गते र वि.सं २०८१ जेठ २२ गते तोकिएको छ ।
यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही मंसिर ११ गते पनि राष्ट्र बैकले १७ अर्ब ५० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने