काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै छ । वार्तामा काठमाडौं वीरगञ्ज रेलवे लाइनको अध्ययनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा भएको भारत भ्रमणका क्रममा दुई देशबीच रक्सौल काठमाडौँ इलेक्ट्रिफाइड रेल निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । एक वर्षभित्र डिपिआर तयार गरी पाँच वर्षभित्र रेल निर्माण सम्पन्न गर्ने सहमति दुई देशबीच भएको थियो ।
रेलगमार्ग निर्माण भारतीय लगानीमा हुने सहमति अनुसार आज रेल लाइन अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री मोदीले पशुपति विकास क्षेत्रमा भारतीय सहयोगमा निर्माण गरिएको धर्मशाला उद्घाटन कार्यक्रम पनि आज हुँदैछ ।
केही स्वदेश फर्कदै
प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रपति र प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने भएका छन् । अन्य २ पाहुनामध्ये १ भोलि र अर्का एक पर्सी फर्कने कार्यक्रम तय भएको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै फर्कने कार्यक्रम तय भएको छ । आन्तरिक राजनीतिका कारण हसिना समापन अगावै स्वदेश फर्कन लागेकी हुन् ।
म्यान्मारका राष्ट्रपति विन मिन्ट मध्याह्न चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा साढे चार बजे स्वदेश फर्कने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने साँझ आठ बजे फर्कंदैछन् । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार आफ्नो देश फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस