छोराको कुटपिटबाट बुबाको हत्या

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १३ : ५८
छोराको कुटपिटबाट बुबाको हत्या

रसुवा । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्‍याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस