काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो देशमा काम गर्ने वातावरण नै नभएको बताएका छन् । ललितपुर महानगरपालिका भित्रको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा घिसिङले प्राधिकरणलाई सरकारकै निकाय, राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसकारी संस्था लगायत स्थानीय स्वयंले काम गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।
प्राधिकरणको काम गर्दा सबैले आफ्नो क्षेत्रको विकासमा योगदान दिनुपर्ने भएपनि त्यसो नभएको उनको गुनासो थियो ।‘प्राधिकरणले गर्दा अलिकति गाह्रो भयो भने नगरपालिका, वडा स्थानीय सबैले गाली गर्छन् । सडकले त झन् काम नै गर्न दिँदैन, म आफैँ उभिएर काम गरौँ भन्दा अब त निर्माण कम्पनीहरूले सडकको सहमति विना काम नै नगर्ने भन्छन् । अब कसरी काम गर्ने ?’ घिसिङले भने ।
समन्वयको समस्या समाधान नभए विकास सम्भव नरहेको भन्दै उनले ट्रान्समिसन लाइनको सबै ठाउँमा असहज भइरहेको सुनाए । गैरसरकारी संस्था प्रति आक्रोश व्यक्त गर्दै घिसिङले विकास विरोधी भन्न भ्याए । ‘नेपालमा एनजीओ, आईएनजीओ यति धेरै छन्, उनीहरूको काम नै रोक्ने हो । एडीबीको परियोजना आयो भने नेपालदेखि अन्तर्राष्ट्रिय एनजीओ सबै रोक्न लागि पर्छन् । ’
नेपालमा काम गर्न नदिने प्रवृत्ति बढेको भन्दै उनले नेगेटिभ कुरा गरेर काम नहुने बताए । ‘वनले काम गर्न दिएको छैन, अपर अरुणको काम एउटा रुख काट्न नदिएर एक वर्षदेखि रोकिएर बसेको छ । यस्तो स्थितिले देश बन्दैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ
‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ शक्तिहरूले गर्नुपर्छ’ : कुलमान घिसिङ
अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन : कुलमान घिसिङ
अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ: कुलमान घिसिङ
सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ
फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ