काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो देशमा काम गर्ने वातावरण नै नभएको बताएका छन् । ललितपुर महानगरपालिका भित्रको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा घिसिङले प्राधिकरणलाई सरकारकै निकाय, राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसकारी संस्था लगायत स्थानीय स्वयंले काम गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।
प्राधिकरणको काम गर्दा सबैले आफ्नो क्षेत्रको विकासमा योगदान दिनुपर्ने भएपनि त्यसो नभएको उनको गुनासो थियो ।‘प्राधिकरणले गर्दा अलिकति गाह्रो भयो भने नगरपालिका, वडा स्थानीय सबैले गाली गर्छन् । सडकले त झन् काम नै गर्न दिँदैन, म आफैँ उभिएर काम गरौँ भन्दा अब त निर्माण कम्पनीहरूले सडकको सहमति विना काम नै नगर्ने भन्छन् । अब कसरी काम गर्ने ?’ घिसिङले भने ।
समन्वयको समस्या समाधान नभए विकास सम्भव नरहेको भन्दै उनले ट्रान्समिसन लाइनको सबै ठाउँमा असहज भइरहेको सुनाए । गैरसरकारी संस्था प्रति आक्रोश व्यक्त गर्दै घिसिङले विकास विरोधी भन्न भ्याए । ‘नेपालमा एनजीओ, आईएनजीओ यति धेरै छन्, उनीहरूको काम नै रोक्ने हो । एडीबीको परियोजना आयो भने नेपालदेखि अन्तर्राष्ट्रिय एनजीओ सबै रोक्न लागि पर्छन् । ’
नेपालमा काम गर्न नदिने प्रवृत्ति बढेको भन्दै उनले नेगेटिभ कुरा गरेर काम नहुने बताए । ‘वनले काम गर्न दिएको छैन, अपर अरुणको काम एउटा रुख काट्न नदिएर एक वर्षदेखि रोकिएर बसेको छ । यस्तो स्थितिले देश बन्दैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बधाई दिँदै कुलमानले भने- रचनात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ