गौर हत्याकाण्ड लगायतका हत्यारालाई समातेर बुझाउँने आजपाको निर्णय

सफल खबर संवाददाता

विहीबार, १४ मंसिर २०८०, ११ : ३४
गौर हत्याकाण्ड लगायतका हत्यारालाई समातेर बुझाउँने आजपाको निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै जनतासंग जोडिएका मुद्धा’boutमा संघर्ष गर्ने निष्कर्ष निकालेको हो ।

दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा चलेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान संचालन हुने बताए ।

यसैगरी बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने, भ्रष्ट्राचार नियन्त्रण गर्न राज्य असफल रहेकोले निष्कर्ष निकाल्दै आजपाले त्यस्ता भ्रष्टाचारीलाई जनकारवाही गर्ने, गौर हत्याकाण्ड लगायतका हत्याराहरुलाई समातेर सरकारलाई बुझाउँने निर्णय आजपा स्थायी कमिटीको बैठकले गरेको छ ।

यस्तै जनसरोकारका मुद्धाहरुमा पार्टीका जनसंगठनहरुलाई संघर्षका कार्यक्रम अगाडी बढाउन बैठकले जिम्मेवारी तोकेको छ । आजपा प्रवक्ता साहका अनुसार भन्सारको बिषयमा आम सम्पर्क मन्च, वैदेशिक रोजगार पिडितको बिषयमा आईटी आर्मी, बैंकिङ लुट तथा कर्जाको बिषयमा आम किसान मोर्चा, आवासको बिषयमा आम दलित मोर्चा, मदर्सा शिक्षाको बिषयमा आम मुस्लिम मोर्चा र यातायातको भाडा सहुलियतको बिषयमा आम बिद्यार्थी मोर्चाले संघर्षका बिभिन्न कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।

देशमा विद्यमान जटिल परिस्थिति एवं संकटको निकासको लागि वर्तमान व्यवस्थाको खारेजी तथा अन्तरिम सरकारको गठन गर्नुपर्ने निष्कर्ष बैठकको छ । बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह अहिलेको सरकारलाई विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका थिए । अहिलेको व्यवस्था असफल भईसकेको बताउँदै उनले अन्तरिम सरकारको गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था लागु गर्नुपर्ने निष्कर्ष साहको रहेको छ ।

प्रतिक्रिया दिनुहोस