काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तराई–थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश)मा सदस्यहरू मनोनयन गरेको छ । बुधबार दाङमा बसेको बैठकले समितिको उपाध्यक्षमा गुलाम हुसेन हलवाईलाई मनोनय गरेको छ ।
बैठकले सदस्यहरूमा लालिमा मल्ल, नोयेन्द्र धिताल, मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको छ ।
लुम्बिनी प्रदेश समितिको आयोजनामा मंसिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनोट, सदस्यहरूको मासिक लेबी, मातहतका जिल्लाको तत्काल भेला गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै