काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीका १४ जना सांसदलाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गरेको छ । महोत्तरीको जलेश्वरमा जारी पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीमा नरहेका १४ सांसदलाई मनोनीत गर्ने निर्णय गरेको हो ।
यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।
बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा। तोसिमा कार्की, डा। चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)