गृहमन्त्री थापाले दिए प्रहरी महानिरीक्षक खनाललाई यस्तो निर्देशन

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १९ : ४२
गृहमन्त्री थापाले दिए प्रहरी महानिरीक्षक खनाललाई यस्तो निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको अनुसन्धानमा गम्भीर हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिनुभएको छ ।
बिहीबार गृहमन्त्रालयमा बोलाएर उहाँले महानिरीक्षक खनाललाई महिला हिंसा र बलात्कारका घटनाको उजुरीमा लापरबाही नगरी गम्भीरतापूर्वक कारबाही गर्न निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता घटना रोक्नका लागि विशेष योजना बनाउन पनि प्रहरीलाई निर्देशन दिनुभएको छ ।

बलात्कारका घटना कम गर्न देशव्यापी रुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्री थापाको भनाइ छ । उहाँले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहींकतै त्यस्तो भएको भए त्यस्ता घटनामा संलग्न प्रहरीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन महानिरीक्षक खनाललाई निर्देशन दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस