काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो ।
बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको रास्वपा उपसभापति डीपी अर्याले बताए । बैठकमा पार्टी नीति, विचारबारे विमर्श हुने उनको भनाइ छ ।
मंगलबारको बैठकमा पार्टीको लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन, पार्टीको प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले प्रशिक्षण सम्बन्धी प्रतिवेदन । सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
बैठकमा प्रस्तुत प्रतिवेदनमाथि लिखित र मौखिक सुझावहरु आएको उपसभापति अर्यालले जानकारी दिए । मंगलबारको बैठकमा महाधिवेशनको एजेण्डा पनि प्रवेश भएको अर्यालले बताए । मंगलबार संयुक्त बैठकअघि बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलकोतर्फबाट प्रतिवेदन पेस गरेका थिए ।
यसअघि सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग र प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । पहिलो दिन रास्वपाका सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
हस्ताक्षर अभियानमा हस्तक्षेप भयो: रास्वपा
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार