काठमाडौं। इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई मंगलवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित मैनापोखरमा कार्यरत सई पवन साउद रहेका छन् ।लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै साउदले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ