काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि सडक र नदी किनारामा आगो बाल्न निषेध गरेको छ ।
सडक र नदी किनारामा आगो बालेको भेटिएमा महानगरपालिकाले १५ हजार रुपियाँसम्म जरिवाना तिराउने भएको छ ।
जाडो याममा आगो ताप्नका लागि फोहोर थुपारेर सडक र नदी किनारामा आगो बालेर वायु प्रदूषण गर्ने काम बढी हुने भएकाले त्यस्तो क्रियाकलाम रोक्न कामपा वातावरण व्यवस्थापन विभागले कारबाहीस्वरूप प्रत्येक पटक ५ सयदेखि १५ हजार रुपियाँ जरिवाना लिन लागेको हो ।
कारबाहीमा परेर पनि अटेर गरी पटकपटक आगो बाले १ लाख रुपियाँसम्म पनि जरिवाना हुने खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १२ मंसिर २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो