काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि सडक र नदी किनारामा आगो बाल्न निषेध गरेको छ ।
सडक र नदी किनारामा आगो बालेको भेटिएमा महानगरपालिकाले १५ हजार रुपियाँसम्म जरिवाना तिराउने भएको छ ।
जाडो याममा आगो ताप्नका लागि फोहोर थुपारेर सडक र नदी किनारामा आगो बालेर वायु प्रदूषण गर्ने काम बढी हुने भएकाले त्यस्तो क्रियाकलाम रोक्न कामपा वातावरण व्यवस्थापन विभागले कारबाहीस्वरूप प्रत्येक पटक ५ सयदेखि १५ हजार रुपियाँ जरिवाना लिन लागेको हो ।
कारबाहीमा परेर पनि अटेर गरी पटकपटक आगो बाले १ लाख रुपियाँसम्म पनि जरिवाना हुने खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १२ मंसिर २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो