गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप

सफल खबर संवाददाता

सोमबार, ११ मंसिर २०८०, १५ : ०६
गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिरोध प्रदर्शन गरेको छ ।

सोमवार व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानले बिरोध प्रदर्शन गरेको हो । धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा आन्दोलन शुरु भएको हो । यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा बिरोध प्रदर्शन गर्नुभएको थियो ।

मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहनुभएको छ । गौशालाको मुल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस