काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यो नेपालको बजारमा सुनचाँदीमा आएको लगातार दोस्रो दिनको वृद्धि हो । हिजो ६०० रुपैयाँले बढेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजोको तुलनामा मूल्य बढेसँगै आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?