पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, २० : ४०
पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच भेटवार्ता

झापा । झापामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच भेटवार्ता भएको छ । धुलाबारीस्थित मेची क्राउन प्लाजामा भएको आइतबार भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । तर, कुराकानीको थप विषय राप्रपाका कुनै पनि नेताले खुलाउन चाहेनन् । 

यद्यपि झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेट्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । पूर्वराजाले राजावादीहरुसँग सामुहिक भेट पनि गरेका थिए । त्यसपछि लिङ्देनसहितका राप्रपाका केन्द्रीय नेताहरुसँग उनले छुट्टै भेटवार्ता गरेका हुन् । 

सामुहिक भेटमा राजावादीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको जिकिर गर्दै सबै राजावादी समूह एकजुट हुने बेला आएको समेत बताएका थिए । सामूहिक भेटपछि शाहले राप्रपाका नेताहरुसँग छुट्टै भेट गर्दा नेताहरु रामकुमार सुब्बा,रोशन कार्की, सगुन लावती, राम थापा, राजेन्द्र गुरुङलगायत सहभागी थिए ।