काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गरेको छ । विश्वविद्यालयले आफ्नो १०३ औं स्थापना दिवसमा शनिबार कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गरेको हो ।
लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए।
लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक छन् । पूर्व भौतिकमन्त्री समेत रहेका लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।
सम्मान कार्यक्रममा उनले लखनउ विश्वविश्वालयको भारतमा शैक्षिक विकासमा ठुलो योगदान रहेको बताए । लखनउ विश्वविद्यालयबाट शिक्षा हासिल गरेका व्यक्तिहरुले समाजका विभिन्न क्षेत्रमा आफ्नो योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।
लगनउ विश्वविद्यालयका उपकुलपति प्रा। आलोक कुमार, नेपालका त्रिभुवन विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका उपकुलपति बिच शैक्षिक विकासबारे भएको द्विपक्षीय सम्झौता कार्यान्वयनमा पहल गर्ने लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै