१६ दिनदेखि सुरुङमा फसेका मजदुर निकाल्ने प्रयास जारी

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, ११ : २१
१६ दिनदेखि सुरुङमा फसेका मजदुर निकाल्ने प्रयास जारी

काठमाडौं। भारतको उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ मजदुरलाई निकाल्ने प्रयास भइरहेको छ । तर १६ दिनसम्म पनि उनीहरूलाई निकाल्न सकिएको छैन । उनीहरूलाई निकाल्न हरसम्भव प्रयास भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

 

समाचारमा जनाइएअनुसार टनेलभित्र ड्रिलिङका लागि लगाइएको मेसिन टुटेको छ । जसले उद्धारमा बाधा आएको छ ।यसैबीच उद्धारका लागि भारतीय वायु सेनाको सहयोग मागिएको छ । उद्धारका लागि हैदराबादबाट मेसिन मगाइएको छ ।

 

सुरुङमा फसेका कामदारहरूसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि पाइपबाट पठाइरहेका छन्। १६ दिनअघि निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका छन् । 

 

प्रतिक्रिया दिनुहोस