काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१० कोटीहोमस्थित सडकमा ना.८ ख ५८४४ नम्बरको ट्रकले प्रदेश २-०३-०१७ प ६५३२ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया बालकुमारी कंडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनो पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।उता रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ चिसापानीस्थित सडकमा राडी बजारदेखि नेपालगञ्ज तर्फ जाँदै गरेको ना.३ ख ५२०७ नम्बरको बसबाट झर्ने क्रममा बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ३७ वर्षीय गणेश दमाईको शुक्रबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २ जनाको वेस्टर्न अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सिरहाको भगवानपुर गाउँपालिका-१ भगवानपुरस्थित सडकमा प्र.२-०१- ००२ प ३९०६ नम्बरको मोटरसाइकल र स.९ प ७०१२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स.९ प ७०१२ नम्बरको मोटरसाइकल चालक लहान नगरपालिका-१० गोठटोल बस्ने २९ वर्षीय दुर्गानन्द कुमार रामको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका प्र.२-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सप्तरीस्थित जिवन ज्योति अस्पताल बोदेबर्शाईनमा उपचार भइरहेको छ ।यता दाङको तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुस्थित सडकमा रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु.प.प्र०१-००९ प ६६५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कैलाली लम्कीचुहा नगरपालिका-८ कुन्तिखेत बस्ने २४ वर्षीय विकास भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु