जाजरकोट। जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
सोही वडाको धौलाई भन्ने ठाउँमा लागेको स्थानीय मेलामा भएको विवादमा युवाहरुबीच कुटाकुट भएको थियो । जसमा ३ जनाले शाही एक्लैलाई कुटपिट गरेपछि शुक्रवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप बुझ्न प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्काले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु