बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १२ : २९
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

बैतडी ।  बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ पत्ताल भुवनेश्वर धामतर्फ जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जीप दशरथचन्द राजमार्गमा पर्ने सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

दुर्घटनामा परी ३ जना घाइते भएका छन्। घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बरी भट्ट, सोही ठाउँकी १५ वर्षीया पुजा भट्ट र १२ वर्षीय सुशील भट्ट रहेका छन्। 

उनीहरुको सत्बाजमा रहेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकको छ। जीप अनियन्त्रित भइ सडकमै पल्टिएको थियो। 

 

 

प्रतिक्रिया दिनुहोस