काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा प्रस्थान गर्न त्रिभुवन विमानस्थल पुगेका छन् ।
पोखरामा आयोजित केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार बिहान उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।
सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
एमालेको ‘सहकार्य’ प्रस्ताव प्रचण्डद्दारा निरन्तर अश्वीकार
बीबीसी डकुमेन्ट्रीप्रति एमाले महासचिव पोखरेलको प्रतिक्रिया : भूराजनीतिक चलखेलको संकेत
एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश
एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश