काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा प्रस्थान गर्न त्रिभुवन विमानस्थल पुगेका छन् ।
पोखरामा आयोजित केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार बिहान उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।
सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक