काठमाडौँ । धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ ।
बिहीबार बिहान करिब साढे ७ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर १ निगालेस्थित एक घरमा परिवारका तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजुबाबु महर्जनले जानकारी दिए।
टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
डिएसपी महर्जनका अनुसार भीमा र आयुषको हत्या भएको देखिन्छ। यता टीकाराम भने झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटना मध्यराति भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। आज बिहान घरभित्र तीन जनाको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
बझाङमा एक महिलाको शव फेला
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव