सिरहा । सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।
सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार, १५ वर्षीय युवराज यादव गम्भीर घाइते छन्।
उनलाई सिरहा प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ।
दुवै मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर ठोक्किएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते