कोशी प्रदेशसभा बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १२ : ३२
कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ । 

 

दिउँसो १ बजेदेखि बैठक सुरु हुने भएको हो । कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउने तयारी गरेको छ । तर, कहिले ल्याउने भन्ने मिति तय भइसकेको छैन । स्रोतले दिएको जानकारी अनुसार शुक्रबारसम्ममा मन्त्रीपरिषद्बाट पारित गरेर प्रदेशसभामा बजेट पेस गर्ने सरकारको तयारी छ । 

 

यसअघि प्रदेशसभाको बैठक कार्तिक २३ गते बसेर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस