काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ गरेको छ । भुटान जान लागेको अवस्थामा भारतीय नागरिक किम्रो साङ्गीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए ।
३२ वर्षीया किम्रो साङ्गी कतारको दोहबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर भुटान जान लाग्दा पक्राउ परेकी हुन् । उनी ईथियोपियाबाट दोहा हुँदै काठमाडौँ ओर्थिएकी थिइन् । ब्यूरोको टोलीले उनको साथबाट १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको छ । आरोपीतबारे अनुसन्धान भइरहेको एसएसपी थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ