काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ गरेको छ । भुटान जान लागेको अवस्थामा भारतीय नागरिक किम्रो साङ्गीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए ।
३२ वर्षीया किम्रो साङ्गी कतारको दोहबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर भुटान जान लाग्दा पक्राउ परेकी हुन् । उनी ईथियोपियाबाट दोहा हुँदै काठमाडौँ ओर्थिएकी थिइन् । ब्यूरोको टोलीले उनको साथबाट १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको छ । आरोपीतबारे अनुसन्धान भइरहेको एसएसपी थपलियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ