जापानलाई हराउँदै नेपाल तेस्रो

सफल खबर संवाददाता

आइतबार, ०३ मंसिर २०८०, १० : ३३
जापानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौ । जापानलाई ४५ रनले पराजित गर्दै नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तेस्रो भएको छ।

आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल तेस्रो हुँदै सिरिजको यात्रा सकाएको छ। 

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो। 

जापानकी ओपनर अकारी निशीमुराले सर्वाधिक २९ रन बनाइन्। हिनासी गोटोले १६ रन थपिन्। नेपालका संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले समान एक विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको हो। 

ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन्। रोमा थापाले २२ रनमा रन आउट भईन्। रुकिवना क्षत्री २१ रनमा रन आउट भईन्। कप्तान इन्दु बर्मा १२ रन बनाउँदा क्याच आउट भइन्।

ओपनर सीता रानामगर ५ रनमा एलबीडब्लू धरापमा परिन्। जापानकी एरिका क्विइन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक/एक विकेट लिए। 

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली हङकङसँग ९ विकेटले पराजित हुँदै उपाधि भिडन्तबाट बाहिरिएको थियो।  अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस