ढाका । बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’को प्रभावका कारण सात जनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसापछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको होे । राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटोको घरको पर्खाल भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय सरकारी स्रोतले जनाएको छ ।
दक्षिणपूर्वी चट्टोग्राम र मध्य टाङ्गेल जिल्लामा रूखले किचेर थप तीन जनाको मृत्यु भएको छ । आँधीले तटीय जिल्लाहरूमा बालीनालीमा क्षति पु¥याएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ । बङ्गलादेशको तटीय क्षेत्रमा शुक्रबार भीषण हावाहुरीका कारण बिजुलीका खम्बा उखेलेपछि विद्युत आपूर्ति बन्द भएको छ ।
चक्रवातले अनुमान गरेभन्दा छिटो भूस्खलन गरेका कारण माझीहरूलाई सुरक्षित आश्रय स्थलमा फर्कन पर्याप्त समय व्यवस्थापन गर्न नसक्दा अनुमानित ३०० मछुवाहरू देशको दक्षिण पश्चिममा रहेको सुन्दरवनमा आश्रय लिन बाध्य भएको विश्वास गरिएको छ ।
स्थानीय अङ्ग्रेजी पत्रिका न्यू एजले शनिबार प्रकाशित गरेको एक रिपोर्टमा ‘बरगुना डिस्ट्रिक्ट फिसिङ ट्रालर ओनर्स एसोसिएसन’का अध्यक्ष गोलम मोस्तोफा चौधरीलाई उद्धृत गर्दै भनिएको छ, ‘३०० जना मछुवा बोकेका २५ वटा माछा मार्न प्रयोग गरिने साना डुङ्गा गन्तव्यसम्म फर्केका छैनन् ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ मंसिर २०८०, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला