काठमाडौं । कैलाली र मकवानपुरमा सवारीसाधनको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ।
कैलालीको अत्तरियामा शुक्रबार साँझ धनगढीबाट आइरहेको मधेश प्रदेश ०३०१ ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते रोस्याराको उपचारका क्रममा गएराति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
यस्तै, हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट पैदलयात्री ४३ वर्षकी गोपिनी विश्वकर्माको मृत्यु भएको छ।
विश्वकर्मालाई ठक्कर दिने ना २५ प ८३५६ नम्बरको स्कुटर र चालक हेटौँडा–१ का ३५ वर्षीय इलेश श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर प्रकाश ठकुरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु