गाजामा पश्चिमको मौनताले अराजकतालाई अनुमोदन गर्‍यो: टर्की

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, १२ : ४३
गाजामा पश्चिमको मौनताले अराजकतालाई अनुमोदन गर्‍यो: टर्की

एजेन्सी। टर्कीका विदेशमन्त्री हकान फिदानले गाजामा भएको आक्रमणमा पश्चिमाहरूको मौनताले अराजकतालाई अनुमोदन गरेको सङ्केत गरेको बताए ।

गाजामा इजरायलको आक्रमणमा पश्चिमको मौनता विश्वभरका अन्य अराजक गतिविधिहरूलाई ग्रीन सिग्नलु दिनु बराबर रहेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री फिदानले बताए । प्रतिरोधका लागि मस्जिद, अस्पताल र विद्यालयहरूमा बम विष्फोट गरिन्छ भने आफूहरू मौन बस्न नसक्ने उनको चेतावनी थियो।

टर्कीको विदेश मन्त्रालयले बुधवार इजरायली अधिकारीहरूको आलोचना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानविरुद्ध लगाएका आरोप निराधार भएको र गाजाका नागरिकमाथि हमला गरिरहँदा उनीहरूलाई कानुनको बारेमा कुरा गर्ने अधिकार नरहेको बताएको थियो ।

इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको हमलाको विरुद्धमा बदला लिन गाजामा पूर्णरूपमा आक्रमण गरिरहेको छ । यस क्रममा हमासले इजरायलमा झन्डै एक हजार दुई सय जनाको हत्या गरेका थिए र दुई सय जनाभन्दा बढीलाई बन्धक बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस