काठमाडौ । ललितपुरको गोदावरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका १० तखेलचोकमा मंगलबार साँझ पौने सात बजे बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुबै युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुली मरिणका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी रहेका प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको मोटरसाइकल सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।
गम्भीर घाइते भएका उनीहरुलाई उपचारका निम्ति पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ कार्तिक २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते
बन्दीपुरमा ट्रक पल्टिँदा दुई जना घाइते
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते