काभ्रे । काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकल पल्टिएर सडकबाट ८० मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा चौंरीदेउराली- ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईं रहेकी छिन् ।
उनको घटना स्थलमा नै मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईंको घाइते भएका छन् । उनको आँखामा र टाउकोमा लागेको र उनको अवस्था गम्भीर रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र)मा उपचार भइरहेको छ । मृतक गोमा मोटरसाइकल चालक दिल्लीको श्रीमती हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ कार्तिक २०८०, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु