सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रवृत्ति बढ्यो : अख्तियार आयोग

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १४ : ३०
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रवृत्ति बढ्यो : अख्तियार आयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रवृत्तिले भ्रष्टाचार मौलाएको निष्कर्ष निकालेको छ । अख्तियारका पदाधिकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३३ औं वार्षिक प्रतिवेदनमा व्यक्तिकै नाममा दर्ता गर्नका लागि सार्वजनिक जग्गामा अनियमितता हुने उल्लेख छ ।

अख्तियारले आर्थिक वर्ष २०७९/८० मा दायर भएका जग्गासम्बन्धी मुद्दाहरुको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको हो । ‘सार्वजनिक र गुठीका जग्गाहरू गैरकानुनी रूपमा व्यक्ति विशेषको नाममा दर्ता गर्ने प्रवृति छ’, अख्तियारको वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘सरकारी, पर्ती, जंगल, बुट्यान, गुठी आदिका जग्गाहरू व्यक्ति वा निजी कम्पनीका नाममा दर्ता गरी गराई बेचबिखन गर्ने गरेको देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस