हुम्ला । हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।
नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ । यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् ।
हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ । सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ । हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत