नवलपुर। नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये चालकको पहिचान खुलेको छ भने अरूको सनाखत भएको छैन । थप एकजना गम्भीर घाइते भएका छन् । बुलिङटारबाट नवलपुरतर्फ जाँदै गरेको ग १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ८ मोडमा रहेको एउटा घरमा ठोकिएको हो ।
‘जिप एकदमै ओभरस्पिडमा आएको देखिन्छ । अरु कारणहरू खुलेको छैन,’ नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले भने, ‘मृतकको सनाखत भैसकेको छैन ।’ गम्भीर घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए । मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको पहिचान खुलेको छ । सबै सोही गाउँका रहेको प्रारम्भिक सूचना छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते