नवलपुर। नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये चालकको पहिचान खुलेको छ भने अरूको सनाखत भएको छैन । थप एकजना गम्भीर घाइते भएका छन् । बुलिङटारबाट नवलपुरतर्फ जाँदै गरेको ग १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ८ मोडमा रहेको एउटा घरमा ठोकिएको हो ।
‘जिप एकदमै ओभरस्पिडमा आएको देखिन्छ । अरु कारणहरू खुलेको छैन,’ नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले भने, ‘मृतकको सनाखत भैसकेको छैन ।’ गम्भीर घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए । मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको पहिचान खुलेको छ । सबै सोही गाउँका रहेको प्रारम्भिक सूचना छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु