काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्। नेपालले बिहीबार युएईसँग खेल्नेछ। त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ।
नेपाली टिममा गोलकिपर किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, डिफेन्डर सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ, मिडफिल्डर लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल, फरवार्ड अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकप: साउदी अरब र उरुग्वेबीचको खेल १-१ गोलको बराबरीमा सकियो
फिफा विश्वकपः टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
पाराग्वेमाथि अमेरिकाको जित
फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी
विश्व फुटबलको महाकुम्भ शुरु : आज राति उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो