एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, १५ : २८
एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

काठमाडौँ । बालगोपाल वैद्य एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त भएका छन् । बिहीबार ३६० औँ सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।

उनले आज (शुक्रबार) नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रूपमा समेत परिचित छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रस्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस