नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, १३ : ३१
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

काठमाडौं। नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।सैनिक स्रोतका अनुसार उनले बिहीवार राजीनामा दिएका हुन् ।पाण्डेको नागरिकतामा उमेर सच्याएको उजुरी परेको थियो ।

सैनिक मुख्यालयले उनको नागरिकतामा जन्म मिति सच्चाएको विषयमा छानबिन शुरू गरेपछि उनले राजीनामा दिएका सैनिक स्रोतले लोकान्तरलाई बतायो ।वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएलगत्तै उनी प्रधानसेनापतिको लाइनमा थिए ।

प्रतिक्रिया दिनुहोस