रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज रोल्पा पुगेका छन्।
रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि उनी आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।
दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नबोलेका प्रधानमन्त्रीले संसदमा बोल्लान् त आज ?
संसदप्रति प्रधानमन्त्रीको निरन्तर उपेक्षा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री