काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै आर्थिक दबाबमा रहेको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका अधिकांश सूचक केही सकारात्मक भए पनि अझै आर्थिक दबाब कायम रहेको उल्लेख गरे।
उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। उनले देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताए। उनले आर्थिक दबाब चिर्न रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको बताए।
उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेका सन्दर्भमा देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ। अहिले अर्थतन्त्रका अधिकांश सूचक केही सकारात्मक भए पनि अझै हामी आर्थिक दबाबमा छौँ। भ्रष्टाचार अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढिरहेको छ।’
प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड