काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले भेटवार्ता गरेका छन् । वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपतिसँगको भेटवार्तामा नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसक्रममा राष्ट्रपति पौडेलले गत साता जाजरकोट केन्द्रबिन्दु भएको गएको भूकम्पमा जनधनको क्षति हुँदा चीन सरकार र त्यहाँका जनताले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन् ।
वाङले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । वाङ बुधवार नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा