काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले भेटवार्ता गरेका छन् । वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपतिसँगको भेटवार्तामा नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसक्रममा राष्ट्रपति पौडेलले गत साता जाजरकोट केन्द्रबिन्दु भएको गएको भूकम्पमा जनधनको क्षति हुँदा चीन सरकार र त्यहाँका जनताले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन् ।
वाङले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । वाङ बुधवार नेपाल आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
‘ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ’: राष्ट्रपति पौडेल