काठमाडौं । कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्।
प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए।
कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।
यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिनापछि बुधबार संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको थियो। प्रदेशसभामा सात वटा संसदीय समिति छन् ती समितिका सभापतिको विषयमा भने दलहरूबीच भागबण्डा मिलेको छैन ।
कोशीमा सभामुख पद पनि रिक्त छ। सभामुखको निर्वाचन छठपछि हुने जानकारी उपसभामुख सिर्जना दनुवारले दिएकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?