रसुवा । प्रहरीले रसुवाबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्लाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेको एक होटलबाट नक्कली नेपाली नोटसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
पक्राउ पर्नेहरुमा नुवाकोटको ककनी गाउँपालिका–६ का बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका–८ का मानबहादुर गुरुङ, दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन्।
प्रहरीले होटेलबाटै नक्कली नोटसहित उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्की भित्र रहेको रातो रंगको छालाको झोला भित्र एक हजार र पाँच सयको नेपाली नोट राखि तल कागज तथा पत्रिकाहरू पैसाको आकारमा काटी कागज राखेर बनाईएको पैसाको विटो जस्तो देखिने बण्डल, कैची र पेपर कटर, विभिन्न बैंकहरुको चेक, मोवाईल पाँच थान र स्कुटरसहित निजहरुलाई नियन्त्रणमा लिइएको हो।
उनिहरुलाई ठगी उद्योग मुद्दामा सात दिनको म्याद दिई मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ