काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ ।
श्रीलंकाले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।
हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलंकाका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलंकाको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलंका ४ अंकसहित आठौँ स्थानमा छ ।
आठ खेलमा २ वटै खेल जितेको बंगलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलंकाले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ कार्तिक २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा