काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ ।
श्रीलंकाले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।
हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलंकाका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलंकाको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलंका ४ अंकसहित आठौँ स्थानमा छ ।
आठ खेलमा २ वटै खेल जितेको बंगलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलंकाले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ कार्तिक २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला