इजरायली आक्रमणबाट गाजामा अहिलेसम्म कति जना मारिए?

एजेन्सी

सोमबार, २० कार्तिक २०८०, ०७ : ०१
इजरायली आक्रमणबाट गाजामा अहिलेसम्म कति जना मारिए?

एजेन्सी । गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट मृत्युको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७० पुगेको हो। जसमा चार हजारभन्दा बढी बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ। 

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १४०० जनाको मृत्यु भएको थियो भने उसले २४० जनालाई बन्धक बनाएको थियो।

त्यसयता इजरायलले गाजामा हमासलक्षित आक्रमण जारी राखेको हो।