काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि प्रस्थान गरेको छ ।
राहत सामग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो । १० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित जाजरकोट प्रस्थान गरेको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।
यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्दार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।
एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए ।
सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा