भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्दै नेपाली सेना

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १६ : ३४
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्दै नेपाली सेना

काठमाडौँ । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका क्षेत्रहरूमा नेपाली सेनाले उद्धार तथा राहत वितरणको कार्य जारी राखेको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा परिचालित सेनाको टोलीले आज दोस्रो दिन खोज, उद्धार तथा राहत वितरण कार्य जारी राखेको हो ।

भूकम्प प्रभावित क्षेत्रहरूमा हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिब १० हजार के.जी. अति आवश्यक राहत सामग्री ढुवानी गरिएको छ । यसै गरी सेनाको टोलीले भत्किएका घरबाट सामानहरू निकाल्ने र घाइतेहरूलाई अस्पताल पुर्‍याउने लगायतका कार्य गर्दै आएको छ । 

जाजरकोटको बारिकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको थियो । भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार कार्य गर्न एनए-०५७ इमआई हेलिकप्टरबाट काठमाडौँ-चौरजहारी ३ जना डाक्टर सहित १६ जना, एनए-०१६०६४ स्काइ ट्रक, काठमाडौँ चौरजहारी १६ जना, एनए-०६१ बीइएलएल हेलिकप्टरबाट सुर्खेत लामिडाँडा ३ जना, एनए-०३८ एमआई हेलिकप्टरबाट काठमाडौँ-चौरजहारी २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएकोसमेत सेनाले जनाएको छ ।